१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:२८:oo

आठ दिनसम्म मनाइने उपत्यकाको चर्चित जात्रा इन्द्रजात्राको मूल कार्य आज (शुक्रबार) सुरु हुनेछ । उपत्यकाका नेवार समुदायको मुख्य पर्वका रूपमा रहेको यस जात्रामा विभिन्न देवीदेवताको नाच प्रदर्शन गरिन्छ । जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार जात्राको मुख्य दिन शुक्रबार दिउँसो चार बजे रथारोहण साइत छ ।

यसअघि बुधबार बिहान हनुमानढोकामा बिहान ७:१७ मिनेटको शुभसाइतमा इन्द्रजात्राको लिंगो (यःसी) ठड्याइको थियो । शुक्रबार बिहान दुई बजे वसन्तपुरस्थित गद्दी बैठकअगाडि रहेको कुमारीघरमा रहेको कुमारी, गणेश र भैरवको पूजा गरेपछि जात्रा प्रारम्भ भएको मानिनेछ । रथ यात्रा गर्नुअघि दिउँसो साढे तीन बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथ र कलश पूजा गर्नेछिन् । त्यसपछि चार बजे रथ गुडाउन सुरु हुनेछ ।

वसन्तपुर गद्दी बैठकअगाडिबाट मरुटोल, जैशीदेवल, लगनटोल, ब्रह्मटोल, ह्युमटसम्म रथ पुर्‍याइनेछ । त्यहाँबाट रथलाई पुनः जैसीदेवलतर्फ फर्काइनेछ । त्यसपछि पनि रथलाई कोहिटी ओरालो हुँदै भीमसेनथान ल्याइनेछ । त्यहाँबाट रथलाई  पुनः मरुटोल हुँदै गद्दी बैठकमै पुर्‍याइनेछ ।

त्यससँगै शुक्रबारको रथजात्रा सकिने व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए । उनले यसको साथसाथै श्रीलाखे आजु, श्री हलचोक आकाश भैरव, श्री पुलुकिशी (ऐरावत हात्ती), देवीनाच, श्री श्वेत भैरवलगायत सबैजसो देवीदेवताको नाच प्रदर्शन गरिने पनि जानकारी दिए ।

उनका अनुसार इन्द्रजात्रा आयोजनाका लागि २९ वटा गुठीको सहकार्य छ । दिनैपिच्छै फरक–फरक र अनौठा नाच तथा गतिविधि देखाइने इन्द्रजात्रा २९ भदौमा सकिनेछ । २९ भदौमा राष्ट्रपतिले टीका र प्रसाद ग्रहण गरेपछि जात्रा सकिन्छ ।  

ad
ad