१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपीजयन्तीमा नेविसंघले डेंगुबारे सचेतना कार्यक्रम गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १६:१८:oo

नेपाल विद्यार्थी संघले बिपीजयन्तीको अवसरमा डेंगुबारे सचेतना फैलाउने भएको छ। २४ भदौमा नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीमा डेंगु नियन्त्रणका लागि सरसफाइ र जनचेतनामूलक कार्यक्रम गर्ने भएको हो। 

त्यस्तै, अस्पतालमा उपचाररत बिरामीहरूका लागि फलफूल वितरण गर्नेलगायतका कार्यक्रम गर्न लागिएको नेविसंघले जनाएको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले यसका लागि मातहतका सबै समितिलाई परिपत्र गरिएको जानकारी दिए। 

परिपत्रमा बिपीद्वारा प्रतिपादित विचार, राजनीतिक सिद्धान्त, साहित्य र मार्गनिर्देशनलाई नयाँ पुस्तासम्म पुर्‍याउन बिपी कोइरालाका जीवनीसँग सम्बन्धित कथा, कविता र निबन्धलेखन, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ प्रतियोगिता र विचार गोष्ठीहरू आयोजना गर्न  निर्देशन गरिएको छ।