१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका
Invalid date format o८:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

के हो मुद्रास्फीति ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

सामान्य भाषामा आमसर्वसाधारणले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यस्तरमा निरन्तर हुने मूल्यवृद्धिको अवस्था नै मुद्रास्फीति हो । तर, सीमित वस्तु वा सेवाको मूल्यवृद्धि हुँदा त्यसलाई भने मुद्रास्फीति भनिँदैन । मूल्यस्तरमै वृद्धि भएको अवस्थालाई मात्र मुद्रास्फीति भनिन्छ । मानौँ, केही वस्तुको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको र त्यस्तो वृद्धि निरन्तर भइरहेको छ भने उक्त अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाण वृद्धिपछि वस्तु तथा सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राको क्रयशक्ति घट्न जान्छ । त्यही घटेको अवस्थालाई मुद्रास्फीति भनिन्छ । अझ सामान्य भाषामा भन्नुपर्दा वस्तुको मूल्य बढ्नु र पैसाको क्रयशक्ति घट्नु नै मुद्रास्फीति हो । 

यस्तो अवस्थामा वस्तु महँगो पर्छ । थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । सामान्यतः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । तर, वृद्धिबाहेक मुद्राको परिमाणमा अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ, सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) हुँदा मुद्रास्फीतिको अवस्था सिर्जना हुन्छ ।