१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भतिजी बुहारीलाई जबर्जस्ती करणी अभियोगमा व्यवसायी कठायत जेल चलान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १८:४१:oo

आफ्नै भतिजी बुहारीलाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं मन्थलीका व्यवसायी पवन कठायत जेल चलान भएका छन्। जिल्ला अदालत रामेछापमा मंगलबार भएको इजलासले कठायतलाई जबर्जस्ती करणी उद्योगमा पुर्पक्षको लागि जेल चलान गर्ने निर्णय गरेको हो। 

कठायतले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका– १ भैश्वेश्वरमा रहेको घरमा बुहारी यादव एक्लै बसिरहेको मौका छोपी जबर्जस्ती करणी गर्न खोजेका थिए। उक्त घटनाको विषयमा कान्छा ससुराविरुद्ध बुहारी बिनुुले जिल्ला प्रहरी कार्यालय रामेछापमा साउन महिनामा किटानी जाहेरी दर्ता गरेकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले भदौ १ गते कठायतलाई मन्थलीबाट पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो। प्रहरीले स्थलगत मुचुुल्कासहित तयार पारेको राय सरकारी कार्यालयमा बुुझाएको थियो।
 
सोही रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोग-पत्र तयार गरी जिल्ला अदालत रामेछापमा पेस गरेको अभियोग–पत्र उपर जिल्ला अदालत रामेछापका न्यायाधीश इन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुुर्पक्षको लागि जेल चलान गर्ने निर्णय गरेको हो। कठायतलाई मंगलबार साँझ नै कारागार कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

जाहेरी दिने पीडित बिनु यादवको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता बिना खड्का र वकिल योगेन्द्रप्रसाद ढुंगेलले बहस गरेका थिए। त्यस्तै, आरोपित कठायतको तर्फबाट अधिवक्ता झम्क कँडेल, सौजन्यप्रसाद सत्याल र यादवप्रसाद दाहालले बहस गरेका थिए।