मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । बुधबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिवसमेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन् भने राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ । यसअघि पनि उनी नै सभापति थिइन्।

 त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ । यसअघि यो समितिको सभापतिमा रामनारायण बिडारी थिए। उनी कार्यकाल सकिएर १९ फागुन २०७८ मा  बिदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिएका हुन् । 

दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ  । निर्वाचन बिहीबार हुनेछ । राष्ट्रिय सभामा सत्तागठबन्धनको बहुमत छ ।