मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि पदाधिकारी फिनल्यान्ड भ्रमणमा, नेविसंघले दिउँसै मैनबत्ती बालेर खोज्यो उपकुलपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको बेथितिविरुद्ध मैनबत्ती बालेर सांकेतिक विरोध गरेको छ। त्रिवि पदाधिकारी गैरजिम्मेवार भएको भन्दै नेविसंघले उपकुलपति खोज्न दिउँसै मैनबत्ती बालेर विरोध जनाएको हो।

नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले त्रिविको बेथितिविरुद्ध निरन्तर विरोधको श्रृ‌ंखला जारी रहने बताए। नेविसंघले पटक-पटक पुरानै प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएको छ। तर, समितिको प्रतिवेदन विश्वविद्यालयका पदाधिकारीहरुले लुकाएर दोषीलाई उम्काउन खोजेको आरोप नेविसंघको छ।

विद्यार्थी नेता श्यामराज ओझाले विश्वविद्यालयलाई अस्तव्यस्त छोडेर उपकुलपतिसहित पदाधिकारीको जम्बो टोली फिनल्यान्ड गएपछि दिउँसै मैनबत्ती बालेर विरोध गरेको बताए। 'विश्वविद्यालयलाई अस्तव्यस्त छोडेर उपकुलपतिसहित पदाधिकारीको जम्बो टोली विदेश जानु गलत भयो,' उनले नयाँ पत्रिकासँग भने।