Skip This
ad
एक सातामै ११ अर्ब ३० करोड निक्षेप थपियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक सातामै ११ अर्ब ३० करोड निक्षेप थपियो

कर्जा–निक्षेप अनुपात भने दबाबमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:o१:oo

भदौको दोस्रो सातायता वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आएको छ । आर्थिक वर्षको सुरुवातदेखि घट्दै गइरहेको निक्षेपमा अहिले साधारण सुधार आएको हो । साउनभर बैंकहरूबाट ४४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप घटेको थियो । भदौको पहिलो सातासम्म पनि निक्षेपमा गिरावट ५२ अर्ब २० करोड रुपैयाँ पुगेको थियो । त्यसपछि दुई सातामा ११ अर्ब ८१ करोड रुपैयाँले निक्षेप बढेको हो । 

३ भदौसम्म बैंकको निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको थियो भने कर्जा लगानी ४१ खर्ब २८ अर्ब रुपैयाँ थियो । भदौ १० गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्ब निक्षेप पुगेको थियो । त्यस्तै, कर्जा लगानी ४१ खर्ब ७९ अर्ब कायम भएको थियो ।भदौ १७ गतेसम्म बैंकहरूमा निक्षेप बढेर ४४ खर्ब ३७ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

बैंकहरूले प्रवाह गर्ने कर्जाको तुलनामा निक्षेपको अनुपात ८८.२५ प्रतिशत छ । राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरेको छ । १० भदौमा वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ८८.४२ प्रतिशत थियो ।बैंक तथा वित्तीय संस्थाहरूले एक–आपसमा गर्ने अन्तरबैंक कारोबारको ब्याजदर गत आइतबार ८.५१ प्रतिशत छ । बैंकहरूले राष्ट्र बैंकबाट पाँच दिनका लागि प्राप्त गर्ने स्थायी तरलता सुविधाको ब्याजदर पनि ८.५ प्रतिशत तोकिएको छ । सोमबार २९ बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ५० अर्ब ४० करोड रुपैयाँ लिएका छन् । यस अवधिसम्म बैंकहरूले १३ खर्ब ५३ अर्ब रुपैयाँ उठाइसकेका छन् । 

तर, दुई सातामा देखिएको सामान्य वृद्धिलाई सुधारका रूपमा लिइहाल्न नमिल्ने बैंकरहरूको भनाइ छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका अनुसार बैंकको निक्षेपमा आउने सुधारमा दुई–तीन महिनाको प्रवृत्ति मूल्यांकन गरेपछि थाहा हुन्छ । उनले भने, ‘बैंकमा दुई सातामा १०–११ अर्बको निक्षेप तलमाथि हुनु सामान्य हो । यसलाई एक–दुई महिनाको प्रवृत्ति हेरेर मात्रै मूल्यांकन गर्नुपर्छ ।’बैंकहरूले प्रत्येक साता प्रवाह गर्ने कर्जा पनि औसत दुई अर्बमा सीमित बनेको छ । तेस्रो सातामा एक अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । 
 

ad
ad