१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस कर्णाली
Invalid date format o८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर  साहलाई नियन्त्रणमा लिन अदालतको आदेश

Read Time : < 1 मिनेट
रासस, कर्णाली
नयाँ पत्रिका
Invalid date format o८:४७:oo

जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका स्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिए। 

एसिया इन्टरनेसनल मोडेल इंग्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका– २ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गरेकी थिइन्। 

‘बाल हिंसाको आरोपमा प्रहरीमा डा. साहविरुद्धमा जाहेरी पर्‍यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो,’  श्रेस्तेदार  रेग्मीले भने, ‘प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो ।’ अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उनले बताए । 

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका वेला डा. साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो । यसपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । डा. साह जलेश्वर नगरपालिका– ५ महोत्तरी जिल्लानिवासी हुन् ।