Skip This
पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाऔँ : कुलमान घिसिङ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाऔँ : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयात घटाउन पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउन अनुरोध गरेका छन्। भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो अनुरोध गरेका हुन्।

विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयत घट्ने उनले बताए। घिसिङले भने, ‘सबै चिज इलेक्ट्रिसिटीमा कन्भर्ट गर्ने हो भने ३० देखि ४० अर्बको बिजुली यहाँ खपत हुन्छ। तर, पाँच खर्बको आयात बन्द हुन्छ। अब हामीले  गर्ने परिवर्तन भनेको नेपालको आयात बन्द गर्ने हो।’ 

ग्यास र पेट्रोलियमभन्दा विद्युत् सस्तो हुने उल्लेख गर्दै उनले प्राधिकरणले देशैभर चार्जिङ स्टेसन राख्न लागेको जानकारी दिए। ‘ग्यास र पेट्रोलियम पदार्थको प्रयोगभन्दा विद्युतको प्रयोग पनि सस्तो छ। अहिले हामी चार्जिङ स्टेसन देशैभरि राख्दै छौँ,’ घिसिङले भने। उनका अनुसार विद्युतीय गाडीमा एक रुपैयाँ लगानी गर्दा एक किलोमिटर यात्रा गर्न सकिन्छ भने पेट्रोलियम पदार्थको प्रयोग गर्दा एक किलोमिटरमा २० रुपैयाँ खर्च हुन्छ। भन्सामा इन्डक्सन चुलाे ग्यासभन्दा ६० प्रतिशत सस्तो हुने उनले बताए।

प्राधिकरणको नाफा १६ अर्ब
घिसिङका अनुसार प्राधिकरण अहिले १६ अर्ब नाफामा छ। उनका अनुसार यसबाट प्राधिकरण आफैँले लगानी गरेर नयाँ परियोजना सुरु गर्न सक्छ। हिजो लोडसेडिङ अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको र अब दीर्घकालीन गुणस्तरीय सेवा दिनमा ध्यान केन्द्रित गरेको घिसिङले बताए।

नेपालमा विद्युत् सेवा सुरु भएको शताब्दी हुँदा चार वर्षअघि ६० प्रतिशत ठाउँमा मात्र विद्युत् सेवा पुगेको बताउँदै उनले अहिले ९५ प्रतिशत ठाउँमा विद्युत् सेवा पुगेको दाबी गरे।