१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरमै बन्छ स्वादिष्ट अमेरिकानो, क्यापाचिनो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३४:oo

सहरमा कफीका पारखीहरू धेरै छन् । त्यसअनुसार कफीका प्रकार पनि छन् । चाहेअनुसारको, आफ्नो स्वादअनुसारको कफी पिउन सकिन्छ । कफीका पसलहरू पनि प्रशस्तै छन् । त्यहाँ मेसिनले कफी बनाइन्छ । तर, घरैमा पनि स्वादिष्ट कफी बनाउन सकिन्छ ।

यसका लागि अलि मिहिनेत भने आवश्यक हुन्छ ।  डेढ अथवा दुई चियाचम्चा कफी गिलासमा हाल्नुस् । त्यहाँ आफूले खानेअनुसारको चिनी हाल्नुस् । दुई–तीन थोपा तातो पानी हाल्नुस् । र चम्चीले चलाउन थाल्नुस् । निरन्तर गिलासमा कफी घोटिसकेपछि चार–पाँच मिनेटपछि सेतो लेदो बन्न थाल्छ ।

 लेदो बनेपछि त्यहाँ आफूलाई चाहिनेअनुसारको पानी हाल्नुस् । बिस्तारै चलाउनुस् । क्यापाचिनो खान मन लागेमा दूध हाल्नुस् । स्वादिष्ट कफी तयार हुन्छ ।

ad
ad