१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई किन योग अभ्यास ?

योग टिप्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२७:oo

सामान्यतः योग वृद्धहरूले मात्रै गर्नुपर्छ भन्ने बुझाइ छ । उमेर पुगेकाले मात्रै योग अभ्यास गर्नुपर्छ भन्ने अर्काे भ्रम पनि छ । उमेर पुगेका र वृद्धा भएकाले आसन र ध्यान गर्नुपर्छ भन्ने सोचाइ गलत हो । एउटा बिरुवालाई रोपेपछि सानैमा उचित मलजल गर्‍यो भने सजिलै हुर्कन्छ । त्यस्तै, बालबालिकालाई पनि सानै उमेरदेखि योग अभ्यास गरायो भने उनीहरूको शारीरिक र मानसिक तथा बौद्धिक विकास हुन्छ ।  योग समग्र स्वास्थ्यका लागि आवश्यक छ । त्यसकारण बालाबालिकाको स्वास्थ्यका लागि योग निकै महत्वपूर्ण छ । हामीले बालबालिकालाई सानै उमेरदेखि योग अभ्यास गर्न जोड दिनुपर्छ । योग प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ । 

 तारासन : यो योगले शरीरको सन्तुलन मात्रै नभएर मनलाई पनि सन्तुलन राख्न मद्दत पुग्छ । यो आसनको अभ्यास गराउँदा राम्रो हुन्छ । 

सूर्य नमस्कार नियमित रूपमा १० देखि १२ राउन्डसम्म गरायो भने बालबालिकालाई कुनै एक्सरसाइजको आवश्यकता पर्दैन

 वृक्षासन : पश्चिमोत्तानासन, हलासन, सर्वाङआसनलगायतका आसन गराउँदा राम्रो हुन्छ । जसले सानो उमेरका बालबालिकालाई शारीरिक विकास र बौद्धिक विकासका लागि सहयोग पुग्छ । यति मात्रै होइन, उचाइ बढाउन र शरीरको सम्पूर्ण सन्तुलन राख्नका लागि सहयोग पुग्छ । उनीहरूको उचाइअनुसारको तौलका लागि यी आसनहरूको अभ्यास गराउँदा निकै उपयुक्त हुन्छ । 

 सूर्य नमस्कार : यो आसन बालबालिकाले छुटाउनै नहुने आसन हो । सूर्य नमस्कार नियमित रूपमा १० देखि १२ राउन्डसम्म गरायो भने उनीहरूलाई कुनै एक्सरसाइजको आवश्यकता पर्दैन । सूर्य नमस्कार आसनले उनीहरूलाई पूर्ण रूपमा एक्सरसाइज गराउँछ । यो नमस्कारले बालबालिकाको स्मरण शक्ति पनि बढाउन सहयोग गर्छ । साथै, बालबालिकालाई प्राणायामहरूमा कपालभाती, अनुलोम विलोमलगायत प्राणायाम पनि गराउनुपर्छ । 

ad
ad