१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कारागार विभाग र अध्यागमन प्रमुख फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:२४:oo

गृह मन्त्रालयले केही सहसचिव र केही उपसचिवको सरुवा गरेको छ। सरुवाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा गृह मन्त्रालयमा कार्यरत सहसचिव चक्रपाणि पाण्डेलाई पठाइएको हो।

विभागको महानिर्देशक रहेका वासुदेव घिमिरेलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा गरिएको छ। अध्यागमन प्रमुख रहेका पुष्पराज शाही वैदेशिक अध्ययनमा जान लागेकाले उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, तेह्रथुमका सिडिओ पनि फेरिएका छन्। जहाँ उपसचिव मोहनप्रसाद अर्याललाई पठाइएको छ। अर्याल इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत थिए।

ad
ad