मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस अपराह्न ४ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा दुर्घटना पर्दा ११ जना मध्यम घाइते र ७ जना सामान्य घाइते भएका छन्। 

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ निवासी २६ वर्षीया हुमकुमारी बुढामगर, तुलसीपुर–१२ निवासी ५२ वर्षीया दिला केसी, तुलसीपुर–१९ निवासी २८ वर्षीया धना घर्ती, सोही ठाउँ निवासी ६९ वर्षीया ओडेना घर्ती, तुलसीपुर–१४ निवासी प्रतिज्ञा बस्नेत, तुलसीपुर ११ निवासी २८ वर्षीया कल्पना केसी, महोतरीका दिवेसकुमार यादव, बर्दिया बाँसगडी निवासी, २३ वर्षीय सुनील थारू, तुलसीपुर १७ निवासी २५ वर्षीय शंकर विक, घोराही १६ निवासी २० वर्षीया सुरक्षा रिजाल रहेका छन्।

त्यस्तै, तुलसीपुर १० निवासी ७० वर्षीय तिलकराम खत्री, तुलसीपुर ११ निवासी ४२ वर्षीय लोकबहादुर गिरी, तुलसीपुर ७ निवासी १७ वर्षीया स्मृति पुनमगर, १८ वर्षीया शर्मीला रोकामगर, तुलसीपुर ८ निवासी ५३ वर्षीया इन्द्रिका काफ्ले, तुलसीपुर ६ निवासी ५२ वर्षीया सुमित्रा कँडेल, लमही नगरपालिका १ निवासी वसन्त भुसाल, रोल्पाको होलेरीनिवासी ७२ वर्षीया सुनमती सेजुवाल रहेको प्रहरीले बताएको छ।