१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १९ आइतबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपराधी भगाएको भन्दै मुस्लिम आयोगका अध्यक्षविरुद्ध कार्यालयअगाडि नै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार १७:२८:oo

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको भन्दै आयोगको कार्यालयअगाडि विरोध प्रदर्शन भएको छ। अपराधीको संरक्षण गर्ने र प्रहरीबाट फुत्काउन प्रपञ्च गर्ने पनि अपराधी भएको भन्दै आयोगका अध्यक्ष अन्सारीको विरोधमा राष्ट्रिय एकता अभियानले आइतबार प्रदर्शन गरेको हो। 

अन्सारीले ठगी आरोपका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई शुक्रबार विमानस्थलबाट भगाएको आरोप लागेको छ। प्रदर्शनकारीहरूले ‘जेहादी प्रवर्द्धक मुस्लिम आयोग खारेज गर, अपराधी भगाउने समिम मियालाई कारबाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाइँदैन, एयरपोर्टको सुरक्षामा खलल पुर्याउने समिम मियालाई कारबाही गर’लगायतका नारा लगाएका थिए।

रिजवान भिआइपी कक्ष प्रयोग गरेर अध्यक्ष मियाकै गाडीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेका थिए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा नेपाल आएका अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माहीसँगको टोलीमा आलम पनि सहभागी थिए।

रिजवान अन्सारीको गाडी चढेर विमानस्थलबाट निस्किसकेपछि मात्रै प्रहरीले जानकारी पाएको थियो। त्यसपछि सोही दिन राति ९ बजे प्रहरीले उनलाई होटेल मेरियटबाट पक्राउ गरेको थियो। तर, अध्यक्ष अन्सारीले भने रिजवानको उपस्थिति अनपेक्षित रहेको र भगाउनुपर्ने गरी चिनजानसमेत नरहेको दाबी गरेका छन्। 

रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ। दाउद हुसेनले उनीसहित ११ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। हुसेनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले २७ फागुन २०७८ मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति मागेको थियो। तर, दुबईमा बस्दै आएका आलम नभेटिएपछि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो।