१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १९ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघमा कलम विद्रोह : संगठनको पूर्णताको माग राख्दै विद्यार्थीले लेखे सामूहिक खुलापत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार १६:५९:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले संगठनको वैधानिक पूर्णताको माग गर्दै कलम विद्रोह सुरु गरेका छन्। लामो समयदेखि अध्यक्ष मात्रैले संगठन चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको भन्दै विद्यार्थीले कांग्रेस केन्द्रीय कार्यसमितिलाई सामूहिक खुलापत्र लेखेका हुन्।

पार्टीको मेरुदण्ड र प्रमुख संगठित शक्तिको स्रोतका रूपमा रहेको नेविसंघलाई एक व्यक्तिमा सीमित गरी सिंगो संगठनलाई पार्टीले बन्धक बनाएको उनीहरूको आरोप छ। कांग्रेस केन्द्रीय समितिले साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन।

विद्यार्थीले पार्टी कार्यालयमा सामूहिक रूपमा लेखेको खुलापत्र पार्टी उपसभापति धनराज गुरुङलाई तथा खुलापत्र लेखेको कलम पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)लाई हस्तान्तरण गरेका छन्। कलमको मसी सकिन नदिने र कलममा मसी भर्ने आग्रहसहित हस्तान्तरण गरिएको नेविसंघ पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले बताइन्।

संगठनको अस्तित्व नै संकटमा पर्ने अवस्था आएकाले संगठनको वैधानिक पूर्णता र संघको १२औँ महाधिवेशनको सुनिश्चितताका लागि कलम विद्रोहमा उत्रिएर सामूहिक खुलापत्र लेखेको नेविसंघका नेता भुवन भट्टले बताए।