Skip This
संघीय निजामती सेवा ऐन रुपान्तरित भएर आउँछ : प्रधानमन्त्री देउवा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय निजामती सेवा ऐन रुपान्तरित भएर आउँछ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन्। आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियनलगायतले दिएको सुझावका विषयमा म जानकार छु। संघीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुनेछ,’ प्रधानमन्त्री देउवाले भने।

सरकारी कार्यालयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै उनले यसलाई तत्काल सुधार गरी जनतालाई विनाझन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए। उनले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुन नहुने भन्दै कार्यालयको कार्यसम्पादनमा कुनै पनि राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न पनि निर्देशन दिए।

उनले भने, ‘कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन आग्रह गर्दछु । सरकारका कर्मचारी कुनै राजनीतिक दलविशेष हुनुहुँदैन।’