मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका नवलपरासी
२o७९ भदौ १८ शनिबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलामा डुबेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १९:५३:oo

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका- १४ स्थित खजुरा खोलामा दिउँसो डुबेर एक बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सीताराम चौधरीको छोरा अन्दाजी ९ वर्षको निखिल चौधरी घरबाट करिब १ किमि पूर्वतर्फ रहेको खजुरा खोलामा शनिबार पौडी खेल्ने क्रममा चौधरीको खजुरा खोलामा डुबेर मृत्यु भएको हो।

बर्दघाट प्रहरीका अनुसार मृतक चौधरीको शरीरलाई खोलाबाट स्थानीयले झिकी स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।