Skip This
चट्याङ लागेर बिहारमा १७ जनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस नयाँदिल्ली
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चट्याङ लागेर बिहारमा १७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छवटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो।

राज्यको गया जिल्लामा तीन बालबालिकासहित पाँचजना तथा भोजपुर, औरंगबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इन्डिया रेडियोले जनाएको छ। गत जुन र जुलाईमा बिहारमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो। प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ। आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिमबंगालको पहाडी क्षेत्रमा भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ।

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारु चार लाख राहतस्वरूप उपलब्ध गराइने घोषणा गरेका छन्। उनले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। सिन्ह्वा