मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Monday, 10 August, 2026
२o७९ भदौ १८ शनिबार १३:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेसका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा, आजै जसपा प्रवेश गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १३:५७:oo

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा गरेका छन्। सक्रिय राजनीतिमा आउन उनले पदबाट राजीनामा दिएका हुन्।

नेपाल पत्रकार महासंघ महोत्तरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले आजै जलेश्वरमा जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्ने कार्यक्रम छ।

पार्टी अध्यक्ष यादवले क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने आश्वासन दिएपछि उनले पदबाट राजीनामा गर्दै पार्टी प्रवेश गर्न लागेका हुन्। झासँगै जलेश्वरका युवा व्यवसायी सन्तोष साहसहित अन्य युवाहरूसमेत जसपा प्रवेश गर्ने बताइएको छ।