१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङका उच्च पहाडी क्षेत्रमा अलैँची टिप्न सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

लमजुङका उच्च पहाडी क्षेत्रमा अलैंची टिप्न सुरु भएको छ। अलैंची पाकेर टिप्ने सिजन सुरु भएपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। भदौ पहिलो हप्तादेखि अलैंची टिप्न सुरु गरिएको हो।

यतिबेला बाहुनडाँडा, ताराचोक शेरा, कुप्लीङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। 

लमजुङमा गतवर्ष उत्पादन घटेर ३५ मेट्रिकटन अलैंची बिक्रीबाट तीन करोड ५० लाख रुपैयाँ आम्दानी भएको छ। महासंघका अध्यक्ष तामाङका अनुसार जलवायु परिवर्तन, सिंचाइको कमी र रोग प्रकोपका कारण यसवर्ष अलैंची उत्पादनमा भारी गिरावट आएको हो। लमजुङमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ। यद्यपि, खडेरी र रोग प्रकोपका कारण ६५० हेक्टर क्षेत्रफलमा मात्र अलैंची उत्पादन भएको छ।

जिल्लामा १५ हजार भन्दा बढी कृषकले व्यवसायीक अलैंची खेती गर्दै आएका छन्। जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरुमा व्यवसायिक अलैंची खेति गरिन्छ।