Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १८ शनिबार ११:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच वर्षपछि मुलुकले वार्षिक दुई खर्बको बिजुली बेच्छ : घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १८ शनिबार ११:५१:००

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।  शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले आन्तरिक खपत बढाएर पनि मुलुकमा पाँच वर्षपछि वार्षिक रुपमा दुई खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए ।

प्रबन्ध निर्देशक घिसिङले भने,‘दुई वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । मैले भनिराखेको छु–पाँच वर्षपछि हामी वार्षिक दुई खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं ।’

प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।