१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभाको पाँचवर्षे कार्यकालको अन्तिम अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा शुक्रबार दिउँसो बसेको संसद् बैठकमा गरे।

सुदूरपश्चिम प्रदेश सभा सदस्यको पाँचवर्षे कार्यकालको यो अन्तिम अधिवेशन हो। यो अधिवेशनमा २७ वटा बैठक बसेका सभामुख थापाले जानकारी दिए। प्रदेश सभाले आफ्नो पाँचवर्षे कार्यकालमा संशोधनसहित ६७ वटा विधेयक पारित गरेको छ। तीमध्ये चारवटा विधेयक प्रमाणीकरण हुन बाँकी रहेका संसद् सचिवालयले जनाएको छ। अन्तिम अधिवेशनको अन्तिम बैठकहरूमा प्रदेश प्रहरी, प्रदेश निजामती र प्रदेश यातायातसम्बन्धी व्यवस्था गर्न बनेका विधेयकहरू पारित भए।

शनिबार बसेको अन्तिम अधिवेशनको अन्तिम बैठकले यातायातसम्बन्धी विधेयक पारित भएको छ। बैठक समापनपछि चियापान कार्यक्रम गरिएको थियो। अन्तिम बैठक भएकाले सभामुख, उपसभामुखसहित प्रदेश सभाका पदाधिकारी र सदस्यले सामूहिक तस्बिर खिचाएका थिए।