१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालयकै जस्तापाता खरिदमा बदमासी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२o:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाइएको छ। 

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको तीन लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा प्लस्टर गर्ने योजना थियो। सोहीअनुसार आर्थिक वर्ष सकिनै लाग्दा असारको दोस्रो सातादेखि काममा तदारुकता देखाउँदै विद्यालय व्यवस्थापन समितिकै अध्यक्षतामा निर्माण समिति बनाएर काम थालियो । त्यसरी थालिएको काममा विवादैविवाद देखियो। निर्माण समितिका कोषाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीका अनुसार त्यहाँ जस्तापाता खरिदमा निकै घोटाला भएको पाइयो।

‘बहुमतका नाममा मलाई कुनै पनि जानकारी नदिएर जस्तापाता खरिद गर्ने काम भयो,’ उनले भने, ‘त्यसमा पनि खरिद गर्दा बिल एउटा छ, भुक्तानी दिँदा निर्णय गरेरै धेरै दिइएको छ।’

विद्यालयका लागि ३४ एमएमको निलो जस्तापाता खरिद गरिएको हो। घोराहीको खरेल इन्टरप्राइजेजबाट जगदम्बा कम्पनीका १० फुटको निलो रंगका ८४ वटा र नाै फुटका ३२ वटा खरिद गरियो। जसमा १० फुटका ८४ वटा जस्तापाताकाे भ्याटबाहेक जम्मा एक लाख १६ हजार आठ सय १४ रुपैयाँको र नाै फुटका ३२ वटाको भ्याटबाहेक ३८ हजार नाै सय ३८ रुपैयाँको भ्याट बिल विद्यालयलाई उपलब्ध गराएको छ। 

तर, विद्यालय व्यवस्थापन समितिले सामान ल्याउन दोस्रो व्यक्ति ड्वाङपुरका रेशम चौधरीलाई जिम्मा दियो। उनीमार्फत नै जस्तापाता खरिद गरियो। त्यसपछि उनलाई भुक्तानी गर्दा नाै फिटका जस्तापाताको जम्मा ५६ हजार आठ सय र १० फिटका जस्तापातालाई एक लाख ७० हजार चार सय रुपैयाँ भुक्तानी गरिएको कोषाध्यक्ष केसीले बताए। उनका अनुसार विद्यालय व्यवस्थापनको निर्णयबाट नै उनलाई भुक्तानी दिइएको हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालुराम चौधरीले आफूलाई तत्कालीन प्रधानाध्यापकले त्यही रकम भनेको र सोहीअनुसार निर्णय गरेको बताए। ‘मलाई प्रधानाध्यापकले जे भन्नुभयो, त्यहीअनुसार काम गरेको हुँ,’ उनले भने।

तत्कालीन अवस्थामा एकराज वली प्रधानाध्यापक थिए। उनले यो सबै जिम्मा विद्यालय व्यवस्थापन समितिकै भएकाले त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए। वडाध्यक्ष शंकर खड्काले यो विषयमा छलफलका लागि पटक–पटक सम्बन्धित व्यक्तीहरूलाई पत्र पठाए पनि छलफलमा सहभागी नहुँदा समाधान गर्न समस्या भएको प्रतिक्रिया दिए। खरेल इन्टरप्राइजेजका केशव आचार्यले पनि आफूले चलनचल्तीकै मूल्यमा दिएको बताए। 

‘हामीले भ्याट बिल नै दिएका छौँ,’ उनले भने, ‘त्यहीअनुसार पसलले भुक्तानी लिएको छ।’ 

ad
ad