मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ १७ शुक्रबार १८:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला साफको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १८:४१:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। दक्षिण एसियाली फुटबल संघ (साफ) को कार्यक्रमअनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो। 

च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबलको रौनक बढ्ने विश्वास व्यक्त गरे। दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ। 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन्। समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिता सञ्चालनका एन्फाले झन्डै साढे तीन करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। एन्फालाई साफले दुई लाख ५० अमेरिकी डलर सहयोग गर्ने संयोजक खड्काले जानकारी दिए। एन्फाले प्रतियोगिता टेलिभिजन ब्रोडकास्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङको अधिकार हन्ड्रेड स्पोर्टस्लाई ६२ लाख रुपैयाँमा बिक्री गरेको छ।