मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पूर्णबहादुर गुरुङ वर्षको ‘उत्कृष्ट पुस्तकालयप्रेमी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

सरकारले ‘विमल स्मृति पुस्तकालय’ धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई वर्षको ‘उत्कृष्ट पुस्तकालयप्रेमी’को रूपमा सम्मानित गरेको छ। सरकारले  १५औँ पुस्तकालय दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री बोधमायाकुमारी यादवले गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

सरकारले पुस्तकालयमार्फत निःशुल्क पुस्तक पढ्ने वातावरण सिर्जना गरेको भन्दै उनलाई सम्मान गरेको हो। गुरुङले आफ्ना १९ वर्षीय छोरा विमल गुरुङले सवारी दुर्घटनामा ज्यान गुमाउँदा शोकलाई सिर्जना र सामाजिक सेवामा रूपान्तरण गर्दै पुस्ताकलय स्थापना गरेका थिए। अहिले ‘विमल स्मृति पुस्ताकलय’मा निःशुल्क पुस्तक पढ्न पाइन्छ।

चलचित्रकर्मी प्रणय लिम्बूले ८० वर्षीय भूतपूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका गुरुङको संघर्ष र विमल पुस्तकालयको सेरोफेरोमा रहेर वृत्तचित्र ‘उर्मी’ निर्माण गरेका छन्। यो वृत्तचित्रको ट्रेलर सोही कार्यक्रमको अवसरमा प्रदर्शनसमेत गरिएको थियो। उर्मी केही समयअघि वृत्तचित्र दक्षिण एसियाली चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो।