१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

पद्मश्री पुरस्कार विजेताको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१७:oo

चितवनस्थित खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कोजाग्रत पूर्णिमा (२३ असोजमा)  पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार –२०७८ प्रदान गर्ने भएको छ । कथाकार केशवराज ज्ञवालीलाई ‘अर्काे भोर’ कथासंग्रहका लागि पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै छ ।

त्यसैगरी, सातवटा कथासंग्रहसहित गीतिसंग्रह र थुप्रै बालकथा लेखिसकेकी माया ठकुरीलाई पद्मश्री साधना सम्मान प्रदान गरिँदै छ । उनी तीसको दशकदेखि आधुनिक नेपाली कथाका क्षेत्रमा सक्रिय छिन् ।

प्रतिष्ठानले ०६३ सालयता पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । पद्मश्री साधना सम्मान  ०६७ सालदेखि र पद्मश्री गौरव यसै वर्षबाट प्रदान गर्न थालिएको हो ।

यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार चिकित्सक डा. सन्दुक रुइतलाई दिने निर्णय गरिएको छ । सम्मानित हुनेले जनही तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । आयोजक प्रतिष्ठानले एक सय ४४ वटा पुस्तकबाट पहिलो चरणमा १५ वटा र दोस्रो चरणमा पाँचवटा संक्षिप्त सूची यसअघि नै प्रकाशित गरेको थियो । यस वर्षको पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहर र सदस्यहरूमा नयनराज पाण्डे र कुमारी लामा थिए । 

प्रतिष्ठानले ०६३ सालयता वर्षभर प्रकाशित भएका पुस्तकमध्ये एक पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । ०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनयलगायत क्षेत्रमा दीर्घ साधना गर्ने साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आइएको छ । समाजमा गौरवपूर्ण योगदान दिने विशिष्ट व्यक्तित्वलाई यस वर्षबाट  पद्मश्री गौरव सम्मान प्रदान गर्न लागिएको आयोजक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । 

ad
ad