१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

४१ जिल्लामा १ असोजदेखि सहुलियत पसल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२५:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा १ असोजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी कम्पनीले उपभोक्तलाई सहज र सहुलियत दर उपभोग्य वस्तु उपलब्ध गराउन पसल सञ्चालन गर्ने भएको हो । 

कम्पनीको बिक्री–वितरण विभाग प्रमुख भीम थापाले खाद्यान्नमा सात रुपैयाँसम्म छुट दिने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरेको जानकारी दिए । अघिल्लो वर्ष खाद्यनन्नमा पाँच रुपैयाँ छुट दिएको थियो । यस वर्ष उपभोक्तालाई परेको असर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिलाई ध्यानमा राखेर छुटदर बढाइएको थापाले जानकारी दिए । 

थापाका अनुसार काठमाडौं उपत्यकामा चार ठाउँहरू रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुनेछन् । चामल, दाल, चिउरा, आँटा, कर्णाली प्रदेशका गेडागुडीलगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी सात रुपैयाँ छुट पाउनेछन् ।

कम्पनीले हाल बासमती चामल प्रतिकिलो एक सय १० रुपैयाँमा बिक्री गरिरहेको छ । जिरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ । त्यस्तै, खानेतेलको मूल्यमा पनि प्रतिलिटर सात रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ । तेलको मूल्य भने ब्रान्डअनुसार फरक–फरक परे पनि सबै प्रकारका तेललाई सात रुपैयाँ छुट दिइएको छ । 

यसैबीच कम्पनीले दसैँका लागि दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउने तयारी गरेको छ । ६ करोड ४१ लाख रुपैयाँको लागत छुट्याइएको छ । त्यस्तै, कम्पनीले जिउँदो खसी–बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । साल्ट ट्रेडिङले पनि चिउरामा प्रतिकेजी सात रुपैयाँ छुट दिने भएको छ भने नुनमा प्रतिकेजी दुई रुपैयाँ छुट दिने भएको छ ।
 

ad
ad