मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ १६ बिहीबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस

Read Time : < 1 मिनेट
२०७९ भदौ १६ बिहीबार १४:१५:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । 

आज संघीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नम्बर १ का लागि महामन्त्री शर्मा मात्र आकांक्षी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाउनुभयो,’ उनले भने । 

मेचीनगर नगरपालिका– ९ धुलाबारीनिवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार भएका थिए । यसैगरी नेपाली कांग्रेसले झापा– १ को ‘प्रदेश (क) का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेश सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश (ख) का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेश सभा सदस्यका लागि  उम्मेदवार सिफारिस गरेको छ ।