मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ १५ बुधबार
  • Tuesday, 01 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o७९ भदौ १५ बुधबार १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरेसँगै जोडिएको कामीकाटे खोला दोहन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ भदौ १५ बुधबार १८:२४:oo

कञ्चनपुरको चुरेसँगै जोडिएको कामीकाटे खोला दोहन भइरहेको छ। खोलानाला बन्द अविधमा भीमदत्त नगरपालिकामा पर्ने कामीकाटे खोला दोहन भइरहेको हो। भाँसी–ब्रम्हदेव सडकखण्डनजिकै कामीकाटे खोलाबाट खुलेयाम उत्खनन् भइरहेको छ।

वर्षाका वेला खोलामै जेसिभी लगाएर ग्राभेल संकलन भइरहेको छ। सरोकारवाला निकायकै मिलोमतोमा खोलाबाट अवैध रूपमा ग्राभेल उत्खनन् गर्ने काम भएको स्थानीयले बताएका छन्। कामीकाटे खोला संरक्षण समितिका अध्यक्ष पदम नाथले वडाध्यक्षकै अनुमतिमा ठेकेदारहरूले खोला उत्खनन गरेको बताए। 
‘हामीले अवैध उत्खनन रोक्न वडाध्यक्षलाई भनेका छौँ, ‘उनले भने, ‘पुलमै छेउबाट उत्खनन भइरहेको यो मिलेमतोमै हो।’ 

चालू आर्थिक वर्ष ०७९/८० मा स्थानीय भीमदत्त नगर सरकारले रोयल्टी संकलनका लागि ठेक्का नलगाउँदै अवैध रूपमा खोलानाला दोहन हुन थालेका छन्। वर्षातका वेला उस्तै पनि जिमल कमजाेर हुने र जथाभावी नदी दोहनले प्राकृतिक विपद् निम्तिने भएकाले रोकथामका लागि स्थानीयले मागअघि सारेका छन्।