१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२४ बुँदे मागसहित कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

बिहिबारदेखि प्रशासन बन्द गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

कान्ति बाल अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। विभिन्न २४ बुँदे माग राख्दै अस्पताल विकास समितिका कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालको विकास समिति तत्काल गठन हुनुपर्ने, भर्ती केन्द्र बन्द गरिनुपर्ने, तत्काल कर्मचारीको स्तर वृद्धि गर्नुपर्ने, कोटेसन खरिद बन्द गरी टेन्डर प्रक्रियामा लानुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाई अनियमितता अन्त्य गर्नुपर्नेलगायतका माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

निर्देशक र लेखा अधिकृतको मिलेमतोमा भइरहेको अनियमितता अन्त्य गर्न र कर्मचारीका मागहरू पूरा गर्न कर्मचारीहरूले सात दिनको अल्टिमेटम दिएका छन्। बुधबार विरोधस्वरूप कालोपट्टी बाँधेर काम गरिरहेका कर्मचारीले बिहीबारदेखि प्रशासन बन्द गरिने बताएका छन्।

‘०७३ यता व्यवस्थापन समिति नै गठन भएको छैन। तलब–भत्ता वृत्ति विकास सबै रोकिएको छ। अस्पतालमा तीन सयभन्दा बढी विकास समितिअन्तर्गतका कर्मचारी छन्। निर्देशकलगायतमाथिका कर्मचारीले सेवा–सुविधाको वास्ता नगरी आफ्ना मान्छेलाई ल्याएर थुपार्ने ठाउँ बनाएका छन्,’ आन्दोलनरत कर्मचारी शमशेर नेपालीले भने।

खरिद प्रक्रियामा अनियमितता, स्वास्थ्य बिमाको रकममा अनियमितता र कोभिड भत्तामा समेत लापरबाही गरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए। आन्दोलनरत कर्मचारीले यसअघि नै आफ्ना मागबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री र सचिवहरूलाई भेटेर जानकारीसमेत गराइसकेका छन्।