मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको मानेभञ्जाङमा लुटपाटको प्रयास, ३ जना पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ बजारमा लुटपाट प्रयास गर्ने ३ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) व्यक्तिको घरमा लुटपाट प्रयास गर्ने तीनजना पक्राउ परेका हुन्। 

लुटेरासँग प्रतिकार गर्दा वीरेन्द्रभगत श्रेष्ठको श्रीमती ६२ वर्षकी निता श्रेष्ठ, छोरा २८ वर्षका सन्दीप भगत र छोरी ३७ वर्षकी तारादेवी श्रेष्ठ घाइते भएको र उनीहरूको जिल्ला अस्पताल खाँदबारी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। उनको अनुसार लुटेरा समूहको खोजतलास र अनुसन्धान भइरहेको बताए।