१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रोहितराज पराजुली
२०७५ चैत १० आइतबार १२:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

पोखरा विश्वविद्यालयले साततले अस्पताल भवन बनाउने 

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ चैत १० आइतबार १२:४०:००

पोखरा विश्वविद्यालयले ३५ करोड लागतमा साततले अस्पताल भवन निमार्ण गर्ने भएको छ । आफ्नै अस्पताल नहुँदा प्रयोगात्मक कक्षा सञ्चालनामा भोग्दै आएको समस्या समाधान गर्न विश्वविद्यालयले १ सय ५० शैया क्षमताको नयाँ भवन बनाउन लागेको हो । 

पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटन स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीच भागमा रहेको जग्गामा भवन बन्न लागेको हो । निर्माणधीन अस्पताल भवनको विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले बिहीबार शिलान्यास गरेका छन् ।  

भवन अभावमा विश्वविद्यालयले प्यारामेडिकल कोर्सको प्रयोगात्मक अभ्यास विश्वविद्यालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट, मनिपाल शिक्षण अस्पताल फूलबारी, हिमालय आँखा अस्पताल घारीपाटन, तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमार्फत गर्दै आएको विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले जानकारी दिए । नयाँ बन्ने अस्पतालका लागि २६ रोपनी जग्गा छुट्याएको शर्माले बताए । 

भवनको छतमा हेलिप्याड बन्ने
निर्माणाधीन अस्पताल भवनको माथिल्लो तलामा हेलिप्याडसमेत हुनेछ । विश्वविद्यालयबाट हेल्थ साइन्सअन्तर्गत विभिन्न विषयमा वार्षिक ३ सयभन्दा बढी विद्यार्थी भर्ना हुन्छन् ।