१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकता विधेयक : राष्ट्रपतिको चासोलाई सम्बोधन गर्ने कांग्रेसको आश्वासन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४२:oo

कांग्रेसले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । राष्ट्रपतिको आमन्त्रणमा पार्टी पदाधिकारीहरूसहित शीतलनिवास पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको चासोलाई सम्बोधन गर्ने बताएका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयककै विषयमा छलफल गर्न कांग्रेस नेताहरूलाई शीतलनिवास बोलाएकी थिइन् । भेटमा देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सूचना, सञ्चार तथा प्रविधिमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । कार्कीका अनुसार करिब डेढ घन्टा भएको छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो व्यक्त गरेकी थिइन् । ‘सबै राजनीतिक दललाई बोलाउने क्रममा नेपाली कांग्रेसको सभापतिको हैसियतमा उहाँ (प्रधानमन्त्री शेरबहादुर देउवा)लाई बोलाउनुभएको हो,’ भेटबारे कार्कीले भने, ‘नागरिकता विधेयकको विषयमा राष्ट्रपतिले चासो राख्नुभएको थियो ।’

राष्ट्रपतिको चासोलाई लिएर देउवाले विधेयक आवश्यकताको आधारमा ल्याइएको र पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा ल्याएको अध्यादेशभन्दा फरक नरहेको जानकारी गराएका थिए । देउवाले अध्यादेश र विधेयकमा एनआरएनलाई नागरिकता दिने विषय मात्र थप भएको बताएका थिए । ‘प्रधानमन्त्रीले अहिलेको आवश्यकताको आधारलाई दृष्टिगत गरेर विधेयक अगाडि बढेको बताउनुभयो,’ कार्कीले भने, ‘त्यसपछि उहाँ (देउवा)ले पूर्वप्रधानमन्त्री केपी ओलीले ल्याएकै अध्यादेशअनुसार विधेयक रहेको र एनआरएनलाई नागरिकता दिने विषय मात्रै थप भएको जानकारी गराउनुभयो । समग्रमा छलफल सकारात्मक भयो ।’ 

देउवाले राष्ट्रपतिबाट संवैधानिक रूपमा विधेयक फिर्ता भएको र संवैधानिक रूपमा नै राष्ट्रिय सभामा छलफलको क्रममा रहेको बताएका थिए । देउवाले थप विषयमा नयाँ संसद् आएपछि पनि छलफल गर्न सकिने भन्दै राष्ट्रपतिको चासोलाई सम्बोधन गरिने आश्वासन दिए । 

भेटमा राष्ट्रपतिले निर्वाचन हुन लागेकोमा खुसी व्यक्त पनि गरेकी थिइन् । राष्ट्रपतिले निष्पक्ष रूपमा निर्वाचन हुने विश्वास व्यक्त गरेको भेटमा सहभागी कांग्रेस नेताले जानकारी दिएका छन् । जवाफमा देउवाले सरकारले विश्वसनीय र धाँधलीरहित निर्वाचन गराउने बताएका थिए । संघीय संसद्ले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । त्यसपछि २ भदौमा विधेयक प्रतिनिधिसभाबाट हुबहु पास भएर अहिले राष्ट्रिय सभामा छलफलमा छ । 

राष्ट्रपति–सभापति छलफल सकारात्मक भयो : सञ्चारमन्त्री
सबै राजनीतिक दललाई बोलाउने क्रममा नेपाली कांग्रेसको सभापतिको हैसियतमा उहाँ (प्रधानमन्त्री शेरबहादुर देउवा)लाई बोलाउनुभएको हो । नागरिकता विधेयकको विषयमा राष्ट्रपतिले चासो राख्नुभएको थियो । प्रधानमन्त्रीले अहिलेको आवश्यकताको आधारलाई दृष्टिगत गरेर विधेयक अगाडि बढेको बताउनुभयो । त्यसपछि उहाँ (देउवा)ले पूर्वप्रधानमन्त्री केपी ओलीले ल्याएकै अध्यादेशअनुसार विधेयक रहेको र एनआरएनलाई नागरिकता दिने विषय मात्रै थप भएको जानकारी गराउनुभयो । समग्रमा छलफल सकारात्मक भयो । 

ad
ad