Skip This
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक अमेरिका भ्रमणमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १३ सोमबार २२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक अमेरिका भ्रमणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार २२:oo:oo

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सोमबार अमेरिका भ्रमणमा निस्किएका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह तथा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका गएका हुन् ।

३१ अगस्टदेखि २ सेप्टेम्बरसम्म हुने सम्मेलनका क्रममा द्विपक्षीय तथा बहुपक्षीय भेटघाटसमेत हुने बताइएको छ । आइजिपीको अनुपस्थितिमा नेपाल प्रहरीमा एआइजी सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरीमा एआइजी नारायणदत्त पौडेलले निमित्त महानिरीक्षकको जिम्मेवारी निभाउनेछन् ।