१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टले गर्‍यो बिमा रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४१:oo

सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारमा एक निर्माणाधीन भवनको चौथो तलाबाट खसेका ठेकेदार ठाकुर सिंह गुरुङले यसअघि नै सर्वाेत्तम सिमेन्टले आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’मा आफ्नो साइट रजिस्टर गराएबापत कम्पनीले बिमा गरिदिएको थियो । 

भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीले उठाउने जोखिमलाई मध्यनजर गर्दै उनीाहरूले आफ्नो साइट रजिस्टर गराएका ठेकेदाराहरूका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बिमाको व्यवस्था ल्याएको कम्पनीले जनाएको छ । यस बिमा सुविधाले निर्माणकर्मीलाई निमार्ण कार्र्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने कम्पनीले विश्वास व्यक्र गरेको छ । 

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल शारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । तीन हजार मेट्रिकरन क्षमताको सिमेन्ट प्लान्ट तथा तीन हजार मेट्रिकरन क्षमताको क्लिंकर प्लान्टका साथ कम्पनी आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित रहेको जनाइएको छ । हाल कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्रान्डका सिमेन्टहरू नेपालभर बिक्री–वितरण गरिरहेको जनाएको छ । 

ad
ad