१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा  केन्द्रनजिकका सहरमा गोलाबारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:३२:oo

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको स्थलनजिकका सहरमा रूसले व्यापक गोलाबारी गरेको छ। निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। 

आणविक ऊर्जा केन्द्र आसपासमा भएको आक्रमणबाट केन्द्रमा क्षति हुन सक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ। रूसी सेनाले युद्ध सुरु हुनेबित्तिकै जापोरिज्जिया आणविक ऊर्जा केन्द्रलाई नियन्त्रणमा लिएर नदी किनाराको क्षेत्र कब्जामा लिएको थियो। युक्रेनले निकोपोल र मार्हानेट्स सहरसहितका क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ। ती स्थान ऊर्जा केन्द्रबाट करिब १० किलोमिटर टाढा छन्। 

शनिबार राति भएको भारी गोलाबारीले निकोपोलका केही भाग बिजुलीविहीन भएकाे निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन्। करिब ४५ हजार सर्वसाधारणको बसोबास रहेको उक्त क्षेत्रका प्रशासन प्रमुख येभेन येभतुसेन्कोका अनुसार रकेट आक्रमणले मार्हानेतका एक दर्जन घरमा क्षति पुगेको छ।

आणविक ऊर्जा केन्द्र करिब ४० किलोमिटर परको माथिल्लो भागमा रहेको जापोरिज्जिया सहरमा पनि राति भएको आक्रमणमा परी दुईजना घाइते भएको नगरपरिषद्का सदस्य अनातोली कुर्तेभले बताए।

ad
ad