१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल ४ विकेटले विजयी, श्रृंखलामा २–१ को अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १९:o७:oo

केन्यासँगको तेस्रो टी–२० म्याचमा नेपाल चार विकेटले विजयी भएको छ। नैरोबीस्थित जिमखाना मैदानमा भएको खेलमा नेपाल चार विकेटले विजयी भयो। १५७ रनको लक्ष्य नेपालले अन्तिम ओभरको तेस्रो बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो। 
नेपालको जितमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र मोहम्मद आदिल नायक रहे। ओपनिङ ब्याटर पवन सर्राफ आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्रले ४४ रन बनाए। उनी १९औँ ओभरको दोस्रो बलमा ज्ञानेन्द्र ओबुयाको बलमा स्टम्पिङ भए। 
रोहित आउट भएपछि आएका आदिलले एक छक्का र दुई चौका हान्दै टिमलाई बराबरीको अवस्थामा पुर्याएका थिए। एक समय प्रतिओभर दश रन आवश्यक रहेको अवस्थामा आदिलले तीव्रगतिमा बनाएको रन निकै सहयोगी बन्यो। उनी अन्तिम एक रन आवश्यक परेका वेला ठूलो सट प्रहार गर्न खोज्दा आउट भए। 

अर्जुनले स्मरणीय डेब्यु खेले। उनले ३ छक्का र दुई चौकाको मद्दतमा ३५ रन बनाए। उपकप्तान रोहित पौडेलले ३०, पवनले २१ रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरको खेलमा दुई विकेटको क्षतिमा १५६ रन बनाएको थियो। केन्याका रकिव पटेल र इरफान करिमले अर्धशतक बनाए। पटेल ७३ र करिम ५६ रनमा अविजित रहे। 

 

 

ad
ad