१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपिहिमालमा स्थानीय पाठ्यक्रम ‘हाम्रो अपि’ लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

अपिहिमाल गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा स्थानीयता झल्कने ‘हाम्रो अपि’ पाठ्यक्रम कार्यान्वयनमा लागू गरेको छ। गत असार ९ गतेबाट गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो। 

गाउँ कार्यपालिका बैठकबाट स्वीकृत भएसँगै स्थानीय पाठ्यक्रम सबै विद्यालयमा पढाउन सुरु गरिएको छ। जिल्लाको सबैभन्दा भौगोलिक विकटता रहेको अपिहिमाल गाउँपालिकाले पहिलोपटक पाठ्यक्रम निर्माण गरी लागू गरेको छ। 

स्थानीय परिवेश, चालचलन, परम्परा, संस्कृति पर्यटकीय स्थल, स्थानीय भाषा परम्पराको संरक्षण गर्नुपर्ने विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको अपिहिमाल गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्रसिंह साउदले जानकारी दिए।

पहिलो चरणको कक्षा १ देखि ४, र कक्षा ६ देखि ७ कक्षासम्म पढाइ सुरु भइसकेको छ भने दोस्रो चरणमा ५ देखि ८ कक्षासम्म पढाइ हुने गरी तयारी भइरहेको साउदले बताए। स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय सरोकारवालाको संलग्नतामा स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ।