१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्मचारीको आन्दोलनका कारण धनकुटाको चौबिसे गाउँपालिकामा तीन दिनको लागि विद्यालय बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:२५:oo

धनकुटाको चौबिसे गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय तीन दिनको लागि बन्द गरिएकाे छ। सामुदायिक विद्यालयहरूमा कार्यरत विद्यालय कर्मचारीहरूको पेसागत आन्दोलनको समर्थन गर्दै भदौ १२ गतेदेखि १४ गतेसम्म गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन चौबिसे गाउँपालिकाका अध्यक्ष युवराज कटुवालले बताए। 

न्यून तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरूलाई चालू आर्थिक वर्षको बजेटमा कुनै सम्बोधन नगरिएकाले उनीहरूको माग जायज भएको उल्लेख गर्दै चौबिसे गाउँपालिकामा क्रियाशील सम्पूर्ण शिक्षकको तर्फबाट कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, राष्ट्रिय शिक्षक समाज नेपाललगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालय कर्मचारीहरूले राखेको जायज मागलाई समर्थन गर्दै सम्बन्धित निकायले उनीहरूको माग तत्काल सम्बोधन गर्न आग्रहसमेत गरेका छन्। कर्मचारीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तीन दिनसम्म सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गरेर सहयोग गरिदिन उनीहरूले आग्रह गरेका छन्।
    
 

ad
ad