मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ भदौ ११ शनिबार १८:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
२०७९ भदौ ११ शनिबार १८:५८:००

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आसन्न निर्वाचनमा १ सय सिटभन्दा कम लिएर कांग्रेस गठबन्धनमार्फत निर्वाचनमा जान नसक्ने बताएका छन्। देशको अवस्था प्रतिकूल रहेकाले गठबन्धनलाई स्विकारेर निर्वाचनमा जानपरेकोसमेत उनले प्रस्ट पारे।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैँचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा कोइरालाले भने- 'कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो।'