Skip This
बालेनलाई लक्षित गर्दै महेश बस्नेतले भने- 'जनतालाई दुःख दिने काम नगरौँ'
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ११ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ११ शनिबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनलाई लक्षित गर्दै महेश बस्नेतले भने- 'जनतालाई दुःख दिने काम नगरौँ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ११ शनिबार १८:३६:oo

नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका मेयरले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्।

उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्न सक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए। उनले केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गरे।

‘नक्सापास नभएका घरहरू, संरचनाहरूलाई डोजर लगाएर ठोक भनेर काठमाडौंभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडे भने उपत्यका बस्नलायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ,' नेता बस्नेतले भने, 'मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानुन मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिईकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’