१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ११ शनिबार ०७:५२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सर्वाधिक पारिश्रमिक लिने ८ फुटबल प्रशिक्षक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ११ शनिबार ०७:५२:००

संसारमा सर्वाधिक हेरिने खेलमध्ये एक हो फुटबल । हरेक फुटबल टिममा एउटा कोच अनिवार्य हुन्छ, जसको पारिश्रमिक आबद्ध क्लब वा आधिकारिक निकायबीचको समझदारीमा निर्धारण हुन्छ । टोलीको सफलतापछाडि प्रशिक्षककै भूमिका रहन्छ । यसकारण खेलको स्तर उच्च राख्न ठूला फुटबल क्लबहरूले उत्कृष्ट प्रशिक्षकलाई प्रशस्त पारिश्रमिक दिएर रोज्छन् । फुटबल टिमको नाफा बढेसँगै प्रशिक्षकको पारिश्रमिक पनि बढ्छ । केही प्रशिक्षकहरूले कतिपय स्टार खेलाडीले भन्दा धेरै पारिश्रमिक लिने गरेका छन् । विश्वमा सर्वाधिक पारिश्रमिक लिने आठ प्रशिक्षकमध्ये इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको इटालियन सिरी ए, फ्रान्सको फ्रेन्च लिगलगायतमा आबद्ध छन् । 

१. डिएगो सिमोन, (एट्लेटिको मड्रिड)

पारिश्रमिक : वार्षिक ४९.२८ मिलियन युरो
युरोपियन क्लबमा डिएगो सिमोन सर्वाधिक पारिश्रमिक लिने प्रशिक्षकहरूमध्ये एक हुन् । अर्जेन्टिनाका ५२ वर्षीय डिएगोले वार्षिक ४९.२९ मिलियन युरो पारिश्रमिक लिन्छन् । कोभिड–१९ महामारीको समयमा प्रशिक्षकको संख्या कटौती भए पनि उनी खासै प्रभावित भएनन् । उनी ला लिगामा सन् २०११ को डिसेम्बरदेखि एट्लेटिको मड्रिडका प्रशिक्षक छन् । सिमोन ला लिगामा सबैभन्दा लामो समय सेवा गर्ने प्रशिक्षक हुन् ।

२. पेप ग्वार्डिओला, (बार्सिलोना)
पारिश्रमिक : वार्षिक २३ मिलियन युरो

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला विश्वका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक हुन् । तसर्थ, उनलाई संसारमा सबैभन्दा धेरै रकम लिने प्रशिक्षकको स्थानमा देख्नु कुनै आश्चर्यको होइन । स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगामा सर्वाधिक सफल भएसँगै हाल उनी प्रिमियर लिग क्ल सिटीमा छन् । सिटी प्रिमियर लिगको साबिक विजेता हो । स्पेनका पूर्वखेलाडीले सिटीलाई प्रिमियर लिगको उपाधि जिताए पनि च्याम्पियन्स लिगको उपाधि जिताउन सकेका छैनन् । सन् २०२२–२३ मा  खेलाडी सरूवाका लागि ठूलो रकम खर्च गर्दै ५१ वर्षीय ग्वार्डिओलाले च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएका छन् ।

३. जर्गेन क्लोप, (लिभरपुल)
पारिश्रमिक : वार्षिक १७.५ मिलियन युरो

जर्गेन क्लोप १७.५ मिलियन युरोसहित विश्वमा सर्वाधिक पारिश्रमिक लिनेमध्येका एक प्रशिक्षक हुन् । जर्मनमा जन्मेका कोच रणनीतिक हिसाबले सर्वाधिक सफल मानिन्छन् । उनले सन् २०१८–१९ मा प्रिमियर लिग क्लब लिभरपुललाई च्याम्पियन लिग उपाधि जिताएका थिए । क्लोप प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक हुन् । उनी विश्वका उत्कृष्ट प्रशिक्षकमध्ये एक मानिन्छन् ।

४. जोसे माउरिन्हो, (रोमा) 
पारिश्रमिक :  वार्षिक १७.२ मिलियन युरो

पोर्चुगिज प्रशिक्षक माउरिन्हो इटालियन सिरी ए क्लब रोमाको वर्तमान मुख्य प्रशिक्षक हुन् । उनी सन् २००९–१० मा इन्टर मिलानको प्रशिक्षक थिए, जुन विश्वको शीर्ष टोलीमध्ये एकमा परिणत भएको थियो । उनले वार्षिक पारिश्रमिक १७.२ मिलियन युरो पाउँदै आएका छन् ।  

५. जिनेदिने जिदान, (स्वतन्त्र) 
पारिश्रमिक : वार्षिक १६.९ मिलियन युरो  

कुनै पनि टोलीलाई सफलता दिलाउने क्षमता भएका फ्रान्सेली व्यावसायिक प्रशिक्षक जिनेदिने जिदान विश्वको सबैभन्दा धेरै कमाउने प्रशिक्षकको सूचीमा पर्छन् । पूर्वखेलाडी जिदान विश्वका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक हुन् । ५० वर्षीय जिदानले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । हाल उनी खाली छन् ।

६. एन्टोनियो कोन्टे, (टोटेनहम)
पारिश्रमिक : वार्षिक १६.५ मिलियन युरो 

इटालियन पेसेवर फुटबल प्रशिक्षक र पूर्वखेलाडी एन्टोनियो कोन्टे प्रिमियर लिग क्लब टोटेनहमका मुख्य प्रशिक्षक हुन् । यसअघि इन्टर मिलानमा रहेका कोन्टे विश्वका सबैभन्दा धेरै कमाउने प्रशिक्षकमध्ये एक हुन् । उनले प्रतिवर्ष १६ दशमलव ५ मिलियन आम्दानी गर्छन् । कोन्टेले सिरी ए क्लब युभेन्ट्स र प्रिमियर लिग क्लब चेल्सीसँग सहकार्य गरिसकेका छन् ।

७. मासिमिलियानो एलेग्री, (युभेन्ट्स)
पारिश्रमिक : वार्षिक १३.६ मिलियन युरो

इटाली सिरी ए क्लब युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्री प्रतिवर्ष १३ दशमलव ६ मिलियन युरोसहित सबैभन्दा धेरै पारिश्रमिक लिनेमध्ये एक हुन् । ५५ वर्षीय एलेग्रीले आफ्नो खेल जीवनको दौडानमा सिरी ए क्लब कागलियरी, एसी मिलान र नापोलीमा मिडफिल्डरका रूपमा सिरी एमा खेले । पछिल्लो समय सिरी एमा भने उनी सफल हुन सकेनन् । उनी सम्मिलिन युभेन्ट्स चौथो स्थानमा रहेको थियो । 

८. कार्लो एन्सिलोटी,(रियल मड्रिड) 
पारिश्रमिक : वार्षिक १२.६ मिलियन युरो

कार्लो एन्सिलोटी धेरै प्राविधिक क्षमता भएका प्रशिक्षकमध्ये एक हुन् । इटालियन फुटबल प्रशिक्षक कार्लो ला लिगा क्लब रियल मड्रिडका प्रशिक्षक हुन् । उनले गत सिजन रियल मड्रिडलाई च्यम्पियन्स लिग र ला लिगाको उपाधि जिताएका थिए । कार्लोको वार्षिक आम्दानी १२ दशमलव ६ मिलियन युरो छ । पछिल्लो समय युरोपमा उनको माग उच्च छ ।