मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रदीप गिरि काठमाडौँ
२०७९ भदौ ८ बुधबार १८:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

Read Time : < 1 मिनेट
प्रदीप गिरि, काठमाडौँ
२०७९ भदौ ८ बुधबार १८:१०:००

नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ। एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो। 

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो। बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए। 

‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा(एमाले)को नेतृत्व झुन्डलाई सत्ताबाट तल झारेका छौँ । र देशभरिका लोकतान्त्रिक, समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेका छौँ,’ उनले भने, ‘हामीले गरेका त्यही प्रयासका कारणले आउँदो मंसिर ४ गते देशभर आमनिर्वाचन र प्रदेश सभाको निर्वाचन हुँदै छ। स्थायित्वको परिणाम यही हो।’