मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बालुवाटारमा भेटपछि तस्बिर खिचाउँदै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली, साथमा अन्य नेता । तस्बिर : ओलीकाे सचिवालय ।
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार १२:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेढ घन्टापछि बालुवाटारबाट फर्किए ओली, के भयो छलफल ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार १२:२२:००

लामो समयपछि बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली करिब डेढ घन्टा लामो छलफल सकेर फर्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संवादहीनता तोड्दै आज बिहान ओली आफ्नो पार्टीका केही नेतासहित बालुवाटार पुगेका थिए । 

स्रोतका अनुसार ओलीलाई छलफलका लागि देउवाले नै बोलाएका थिए । भेटमा सत्तापक्षबाट देउवासँगै सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । प्रमुख प्रतिपक्षबाट ओलीसँगै एमाले उपाध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए । 

भेटमा प्रधानमन्त्री ओलीले लामो समयसम्म प्रमुख प्रतिपक्षी दलसँग संवादहीनताको अवस्था रहेको भन्दै सरकारले सबैलाई विश्वासमा लिएर निर्वाचनमा जान चाहेको बताएको एमालेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार जवाफमा ओलीले आसन्न निर्वाचन भयरहित र निष्पक्ष सम्पन्न हुनेमा सबैलाई विश्वस्त तुल्याउन देउवालाई सुझाव दिएका थिए । 

ओलीले निर्वाचन घोषणा र नागरिकता विधेयक संसदबाट पारित गराउने वेला सरकारले प्रमुख प्रतिपक्षी दललाई पूरै बेवास्ता गरेको भन्दै एक्लै हिँडेर ठीक ठाउँमा पुग्न नसकिने धारणा व्यक्त गरेका थिए । 

प्रधानमन्त्री देउवाले अब प्रमुख प्रतिपक्षी दलसँग पनि सरकार निरन्तर संवादमा रहने विश्वास दिलाएको ती नेताले जानकारी दिए ।