जीवनमा हरकोही मान्छे सफल बन्न चाहन्छ । असफल भन्ने शब्द उच्चारण मात्र पनि गर्न चाहन्न । सफल बन्नका लागि कसैले धेरै त कसैले कम संघर्ष गर्छन् । यद्यपि, सबै मुकेश अम्बानी, बिल गेट्स वा जेफ बेजोस बन्छन् भन्ने पनि हुँदैन ।
जसरी भोकको औषधि भोजन हो, त्यसैगरी सफलताको मूल मन्त्र निरन्तर संघर्ष हो । फेरि संघर्ष गर्नेजति सबैले सफलताको स्वाद चाख्न पाउँछन् भन्ने हुँदैन । तर, कर्म गर्न भने छोड्नुहुन्न । त्यसो भए सफल उद्यमी बन्न के गर्ने त ?
१. बिजनेस प्लान विकास गर्ने
२ .मितव्ययी बन्ने
३. निरन्तर आफैँलाई शिक्षित गर्ने
४. विजयी टिम निर्माण गर्ने
५.शरीर र मनबीच सन्तुलन कायम गर्ने
६. निःशुल्क मार्केटिङको औजार प्रयोग गर्ने
७.आफूलाई गाइड गर्ने सच्चा गुरु खोज्ने
८ .नेटवर्किङबाट नडराउने
९ . आर्थिक रूपमा सधैँ तम्तयार रहने
१० .बिमामा लगानी गर्ने