१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनपत्रकार संघ दाङका अध्यक्ष वलीसहित विप्लवका आठ कार्यकर्ता पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:२२:oo

दाङमा जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीसहित आठजना विप्लवनिकट नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार बन्दको क्रममा उच्छृंखल गतिविधि गरेको भन्दै तुलसीपुरबाट चारजना र घोराहीबाट चारजनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा तुलसीपुरबाट पत्रकार वलीसहित विप्लवनिकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन सेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली पक्राउ परेका हुन् । बन्दको क्रममा टिपर चलाएको भन्दै बन्दकर्ताले टिपर रोकेका थिए । साथै टिपरमा क्षमताभन्दा बढी लोड पनि राखिएको थियो । यही कुरालाई लिएर भएको विवादपश्चात् उनीहरलाई पक्राउ गरिएको हो । 

त्यस्तै, घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वली र प्रकाश बुढामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । घोराहीमा टायर बालेर विरोध गरेको भन्दै पक्राउ गरिएको हो । साथै बन्दकर्ताले उच्छृंखल गतिविधि गरेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।  
 

ad
ad