१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सत्य निरूपण विधेयक आज टेबुल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:११:oo

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ मंगलबार प्रतिनिधिसभामा टेबुल हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले आज बिहान १० बजे बस्ने बैठकमा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । विधेयक ३१ असारमा दर्ता भएको थियो । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालले विरोध प्रस्ताव हालेका छन् । आजको बैठकको सुरुवातमै सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि विधेयक पेस हुनेछ । 

सरकारले विधेयकमा पीडित पक्ष, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको चासोलाई समेट्ने भनेकाले संशोधनको समय दिइनेछ । प्रतिनिधिसभा नियमावलीअनुसार विधेयक पेस भएको ७२ घन्टा संशोधनका लागि दिइन्छ । 

मंगलबार टेबुल भएपछि शुक्रबारसम्म संशोधनको समय हुनेछ । आइतबारबाट विधेयकमाथि सैद्धान्तिक र दफावार छलफल प्रारम्भ हुनेछ । संशोधनसहित प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पनि आफ्नो संशोधनसहित पारित गरेर प्रतिनिधिसभामा पठाउन सक्छ ।

कानुनमन्त्री बन्दीले संसदीय प्रक्रियाअनुसार सरकार विधेयक संशोधन गर्न तयार रहेको बताए । ‘पीडित पक्षलाई पनि न्याय अनुभूति हुने र संक्रमणकालीन न्यायका मुद्दा सम्माजनक रूपमा टुंग्याउने गरी अधिकतम संशोधनको प्रयास हुनेछ,’ उनले भने ।

ad
ad