Skip This
कृषि विकास बैंकमा पदपूर्ति अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृषि विकास बैंकमा पदपूर्ति अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१८:oo

कृषि विकास बैंकमा तत्काल कर्मचारी पदपूर्ति नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। थारू समुदायका लागि कोटा नछुट्याई विज्ञापन खोलेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।

०७९ असार २४ गते कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित भएपछि श्रवणकुमार चौधरीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए। ‘निवेदनमा उल्लेखित विज्ञापनहरूमा उल्लेखित प्रत्येक तह र पदका पदहरूमा कम्तीमा ६–६ प्रतिशतको पदको हदसम्म यो निवेदनको अन्तिम किनारा नलागेसम्म पदपूर्ति गर्ने कार्य नगर्नू–नगराउनू यथास्थितिमा राख्नु,’ रिटमाथिको अन्तरिम आदेशमा भनिएको छ।

सर्वोच्चले सरकारका नाममा १५ दिनभित्र जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी गरेको छ।