१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुटवलका कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:५१:oo

बुटवल उपमहानगरपालिकाका कर्मचारीहरूको इन्धन र मोबाइल खर्च कटौती गरिएको छ। आइतबार बसेको कार्यपालिका बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको हो । 

उपमहानगरका प्रवक्ता शिव रानाका अनुसार एक-एक हजार मोबाइल खर्च लिँदै आएका कर्मचारीका लागि ५ सय रुपैयाँ कटौटी गरिएको छ। त्यस्तै सवारीसाधनमा इन्धन कटौती गर्ने क्रममा ३० लिटर प्राप्त गर्दै आएका कर्मचारीका लागि २० लिटर उपलब्ध गराउने निर्णय गरिएको छ। त्यस्तै मोटरसाइकलका लागि १२ लिटर दिँदै आइएकोमा घटाएर ८ लिटर कायम गरिएको छ। त्यस्तै स्कुटीका लागि ५ लिटरबाट घटाएर ४ लिटर कायम गरिएको छ। 
 

ad
ad