१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
प्रकाश सपुत, गायक
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

चिनीविनाको कालो कफी मेरो लत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:५९:oo

कतै सडकछेउ वा कार्यलयआसपासका पसलमा पुगेर कफी–डुनोट खान खुब रुचाउँछु, म । खानपिनका मामिलामा म चुजी मान्छे होइन । अनुशासित पनि होइन । त्यस्तो धेरै बार्दिनँ । बार्ने भएको भए सायद मेरो शरीर अहिले अर्कै हुन्थ्यो ।

एक–डेढ वर्षअघिसम्म दूधको चिया खान्थेँ । अहिले चियामा चिनीचाहिँ बार्न थालेको छु । चिनी नहालेको कालो कफी अहिले मेरो लत नै हो । फेरि सुगर लागेर भन्नुहोला । सुगर नहोस् भनेर स्वास्थ्य सचेतचाहिँ भएको हुँ । 

गर्मी मौसममा तीन–चार कप कफी नपिईकन मलाई चित्तै बुझ्दैन । जाडोमा त ८–१० कप नै पुग्ने गर्छ । खानामा मलाई कुखुराको मासुको झोल र भात भए केही चाहिँदैन । घरमा फुर्सदको समयमा आफैँ खाना पनि पकाउँछु ।

खाना पकाउन मलाई रमाइलो लाग्छ । कुखुराको झोल र भात निकै मिठो लाग्छ । गाउँको खान्की खुब मिस गर्छु । गाउँ जाँदा ढिँडो र दूध खान साहै्रै मन पर्छ । अझ आमाले पकाएको कसलाई मिठो नलाग्ला र !

ad
ad